सरकारले दुई वर्षभित्र चौपायामा देखापरेको खोरेत रोग उन्मूलन गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍मा पेस गरेको सरकारको आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम मार्फत खोरेत रोग उन्मूलन गर्ने घोषणा गरिएको हो ।

यस्तै पौडेलले निजी क्षेत्रको सहकार्यमा स्थानीय तहमा पशु अस्पताल निर्माण र सञ्चालन गर्ने बताएका छन् । हिमाली क्षेत्रको पशुपालन र जडीबुटीको ठूलो फार्म सञ्चालन गर्न ‘हिमाल समृद्धि कार्यक्रम’ ल्याउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय