बाजुरा– बाजुरा कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी रहेका छन् । आवश्यक भौतिक पूर्वाधार नहुँदा बाजुरा कारागारका कैदीबन्दी कष्टकर जीवन विताइरहेका छन् । २५ जनाको क्षमता भएको जीर्ण कारागार भवनमा ७२ जना कैदी बन्दी राखिएको छ । क्षमता भन्दा बढी कैदीबन्दी हुदा खाना र शौचालयको समेत समस्या भएको कैदीबन्दीहरुले वताएका छन् ।

कारागारको भवन निर्माणका लागि जग्गा भए पनि सरकारले कुनै चासो नदेखाएकाले दुःख पाएको कैदीबन्दीले गुनासो छ ।कारागारको नयाँ भवन निर्माणमा कतै बाट बनाउन पहल नभएको कारागार व्यवस्थापनले जनाएको छ । २०३७ सालमा बनेको बाजुरा कारागार जीर्ण बनेको भए पनि मर्मतको पहल कतैबाट हुन सकेको छैन । बर्खाको समयमा सुरक्षाकर्मी बस्ने र सुत्ने घरहरुको छतमा पालहरु हालेर बस्नुपर्ने बाध्यातामा रहेको छ । घरहरुको त्रिपाल राखेर कैदिबन्दी र सुरक्षाकर्मी बस्ने गरेका छन । कारागारको क्षमता २५ जनाको भएपनि अहिले ७२ जना कोचाकोच गर्दै बस्दै आएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय