काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीे एमाले चन्द्रागिरि नगर कमिटीको दोस्रो अधिवेशन जारी छ ।
अबिधेशनको दोश्रो दिन आज एमाले चन्द्रागिरि नगर कमिटीको नेतृत्व चयन हुदैछ । नेतृत्व चयनको लागि सर्बसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रणालीबाट नेतृत्व चयन हुने भयको हो । नगर कमिटी अध्यक्षका लागि ४ जना आकांक्षी रहेका छन । श्रीराम लामिछाने,उत्तम बहादुर राउत, राजेन्द्र केसी र गिता पोख्रेल अध्यक्ष पदका आकांक्षी हुन । त्यस्तै सचिव पदका लागि श्रीहरी थापा र लक्ष्मी थापा बिच प्रतिष्पर्धा हुने भएको छ । सचिव पदका अर्का अकांक्षी खगेन्द्र बस्नेतले श्रहरी थापालाइ समर्थन गर्दै उमेद्वारी नदिने भएका हुन । उपाध्यक्ष पदका लागि ३ जना आकांक्षी रहेका छन । त्यस्तै पुरुष र महिला तर्फबाट सहसचिव ३ पुरुष र २ महिलाको उमेद्वारी दर्ता हुने भएको हो । अधिबेशनले एक अध्यक्ष,एक उपाध्यक्ष,एक सचिव, दुइ उपसचिव र ७० सदस्य गरि ७५ जनाको कमिटी चुन्ने छ । काठमाडौं निर्वाचन क्षेत्र नं ९ र १० समेटिएको चन्द्रागिरि नगरपालिकामा अधिवेशनबाट क्षेत्रीय रुपमा अध्यक्ष र सचिव बाँडफाँड गर्दै आएको परिदृष्य भने दोश्रो अबिधेशनमा अन्त्यहुने पक्का भएको छ । चन्द्रागिरि –१० सतुंगल स्थीत चन्द्रागिरि पार्टी प्यालेसमा जारी अधिबेशनमा नेतृत्व चयन निर्वाचनका लागि नामावली प्रकाशन,उम्मेद्वारी दर्ता लगायतका कार्यक्रम जारी रहेको छ ।