काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएका घरटहरामा डोजर चलाएको छ। आइतबार बिहानैदेखि गौशाला क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचनामा महानगरले डोजर चलाएको हो। काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले अतिक्रमण गरी बनाइएका घर टहरा भत्काउन यसअघि नै सूचना जारी गरिएअनुसार डोजर चलाइएको जानकारी दिए।

आफैं भत्काउन भनेर १० दिन अघि सूचना निकालेका थियौं। आफैं नहटाएपछि महानगरले हटाउन लागेको प्रवक्ता मानन्धरले बताए। कति घरटहरा भत्काउन लागिएको भन्नेबारे उनलेजानकारी नभएको उनले बताए। बिहान भत्काउन जान लागेको भनेर जानकारी आएकोथियो, कति घर भत्काउन लागिएको हो भन्ने चाहीँ जानकारीमा छैन, प्रवक्ता मानन्धरले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय