
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीे एमाले चन्द्रागिरि नगर कमिटीको नयाँ नेतृत्वको लागि भएको मतदानका मतगणना जारी छ ।
चन्द्रागिरि पार्टी प्यालेस सतुंगलमा भएको मतगणनामा अध्यक्ष पदका दाबेदार उत्तम राउतले ८२ मत, राजेन्द्र केसीले ५१ मत, श्रीराम लामिछानेले ८ र गीता पोख्रेलले ७ मत प्राप्त गरेका छन् । कुल खसेको १८३ मतमा अहिलेसम्म १५० मत गणना हुँदा राउत अग्र स्थानमा छन् भने केसीले राउतलाई पच्छ्याइ रहेका छन् ।



यसैगरी उपाध्यक्षमा मुरारी प्रसाद विडारीले २९ मत, केशरी महर्जनले ४९ मत र राजन श्रेष्ठले ६१ मत प्राप्त गरेका छन् ।
साथै सचिव पदमा लक्ष्मी थापा सुवेदीले ९१ मत प्राप्त गर्दा श्रीहरी थापाले ५६ मत प्राप्त गरेका छन् ।
यसअघि नेतृत्व चयनको लागि गरिएको सर्बसम्मतको प्रयास असफल भएपछि लोकतान्त्रिक पद्धति अपनाइएको थियो । अधिबेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, दुई उपसचिव र ७० सदस्य गरि ७५ जनाको नगर कमिटी चुन्ने छ ।