काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीे एमाले चन्द्रागिरि नगर कमिटीको अध्यक्षमा उत्तम राउत निर्वाचित हुनुभएको छ ।एमाले चन्द्रागिरि नगर कमिटीको २०८१ जेष्ठ ५ र ६ गते भएको दोस्रो नगर अधिवेशनले राउतलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । उपाध्यक्षमा राजन श्रेष्ठ, सचिवमा लक्ष्मी थापा सुवेदी, उपसचिवमा पूर्णकुमार तन्डुकार र रिना महर्जन निर्वाचित भएका छन् ।
अधिबेशनबाट एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, दुई उपसचिव र ७० सदस्य गरी ७५ जनाको नगर कमिटी हुनेछ ।