बाराको निजगढ नगरपालिकामा एक जना युवा मनोज भारतीले पहिले चरणको लगडाउनमा कोरोना बिमा गराए । केही समयपछि कोरोना महामारी उनलाई समेत गस्त बनायो । कोरोनाबाट उनी बिस्तारै निको भए । निको भएको १ बर्षपछि उनले आफुले गरेको बीमा रकम प्राप्त गरे । रकम प्राप्त भएपछि भारतीलाई सो रकम आफ्नो निम्ती खर्च नगने निधो गरे ।
उनले सो प्राप्त रकममा कोही रकम थप गरेर गरिब बिद्यार्थीलाई पोसाक तथा ब्याग बितरण गर्ने सोचमा रहेकै बेला निजगढ नगरपालिका वडा नम्बर ७ मा रहेको श्री नेत्रोदय माध्यमिक विद्यालयमा करिब १०० जना छात्रछात्राहरु आर्थिक अभाबका कारण पोसाक लगाउन समेत मुस्किल रहेको भरतीले थाहा पाएपछि १०० जना भन्दा बढी बिद्यार्थीलाई पोसाक तथा ब्याग वितरण गरेका छन ।
उनी काठमाण्डैमा रहेको फिटवेल गार्मेन्टका संचालक समेत हुन । आफ्नै गार्मेन्टमा पोसाक तथा ब्याग निमार्ण गरेर बिद्यार्थीलाई करिब १ लाख ५० हजार बराबरको पोसाक तथा ब्याग वितरण गरेको भारतीले बताए । उनले गरिब तथा जेहेन्दार विद्यार्थीहरुको लागि आगामी दिनमा समेत सहयोग गर्ने बताए ।
विद्यालयले विद्यालय अध्ययनरत रहेका कुल ३८० जना विद्यार्थीहरुबाट न्यून आय भएका असहाय, विपन्न, मजदूर परिवारका १०० भन्दा बढी विद्यार्थीहर छनोट गरेर मारतीलाई सहयोग गर्न आग्रह गरकेको विद्यालयका प्रधानाध्यापक एक बहादुर रस्तानी मगरले बताए ।
गरिब तथा न्यून आय भएका वर्गलाई लक्षित गरी आफ्नो बीमा बापतबाट प्राप्त एक लाख रुपैयाँमा आफ्ने तर्फबाट केही रकम थप गरीे गृहजिल्लाकै १०० जना भन्दाँ बढी न्यून आय भएका असहाय, विपन्न, मजदूर परिवारका विद्याथीहरुका निम्ती कोरोना बीमामा खर्च गरेर भारतीले उदाहणीय कार्य गरेको निजगढ नगरपालिकाकी उपप्रमुख लिला देवी लामाछाने खनालले बताईन् । उनले गरिब तथा जेहेन्दार विद्यार्थीलाई यस किसिमको सहयोगले अझ बढी अध्ययन गर्ने हौसला मिल्ने बताईन् ।
यसअघि भारतीले विभिन्न स्थानमा गरिव, असहाय र विपन्नहरुलाई सहयोग गर्दै आएका छन । गरिब तथा जेहेन्दार विद्यार्थीलाई यस किसिमको सहयोगले अझ बढी अध्ययन गर्ने हौसला मिल्ने बतार्ईएको छ ।