काठमाडौं । आज बुद्ध जयन्ती । शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८औँ जयन्ती ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइँदै आएको छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण गर्दै यो पर्व मनाउने गरिएको छ ।

अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो भन्ने यस्ता अनेकौँ सन्देश दिनुभए छ । आज

बौद्ध धर्मावलम्बीले गुम्बा, चैत्य, विहालगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गर्दछन् ।

लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरिंदै छ । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि लुम्बिनीमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय