
काठमाडौं । चन्द्रागिरि नगरपालिकाबाट एक युवालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ स्थित नगरपालिकाको प्रशासकीय भवन नजिकैको घरबाट चन्द्रागिरि वडा नम्बर २ का ध्रुव कडायत भन्ने व्यक्तिलाई अख्तियारले नियन्त्रणमा लिएको हो । उनलाई दुई लाख नगद र चेक गरी चार लाख रुपैयाँसहित अख्तियारको टोलीले हिजो बेलुका ६ बजेतिर पक्राउ गरेको हो । वडा नम्बर २ मा व्यवसाय गर्दै आएका कडायतले व्यवसाय स्थानान्तरणका लागि सिफारिस र दर्ता गरिदिने प्रयोजनका लागि वडा नम्बर २ का वडा अध्यक्ष भाईकृष्ण तामाङको निर्देशन बमोजिम घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा अन्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटाईएको टोलीले विचौलीया कडायतलाई रंगेहात पक्राउ गरेको थियो । कडायतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।



नागढुंङ्गा भिम स्कुल नजिकै घर भएका कठायतले सोही ठाउँमा बालुवा डीपो पनि संचालन गर्दै आएका छन् ।