सुर्खेत । सीता एयरको विमानले ठक्कर दिंदा एक जना घाईते भएका छन् । मुगुस्थित रारा विमानस्थलमा चालू अवस्थामा रहेको विमानको ठक्करबाट विमानकै कर्मचारी घाइते भएका हुन् ।
नेपालगञ्जका लागि यात्रु लिएर उड्ने तयारी गर्दै गर्दा टुइनेटर विमानको अघिल्लो भागले ठक्कर दिएपछि स्टेशन प्रमुख धिरेन्द्र भाम गम्भीर घाइते छन् ।
अचेत अवस्थामा रहेका भामलाई सीता एयरकै विमानबाट उपचारका लागि नेपालगन्ज लगिएको छ ।