कठमाण्डौं-वैशाखे पुर्णिमा अर्थात उभौली पुर्णिमाका अवसरमा क्षेत्री जातीमा पर्ने मुडुला कार्कीहरुको देशका विभिन्न स्थानहरुमा सामुहिक कुलपुजा र देवाली सम्पन्न भएका छन् ।ललितपुर जिल्लाको बज्रबाराही मन्दिर चापागाउमा आयोजित मुडुला कार्की कुलायन व्यवस्था समिति केन्द्रीय समितिको वार्षिक साधारण सभा तथा कुलपूजा सो सस्थाका अध्यक्ष कैलाश कार्कीको अध्यक्षता सम्पन्न भएको जनाईएको छ ।

सो कार्यक्रममा प्रमुख अतिथि सो सस्थाका सल्लाहकार तथा नेपाल सरकारका पूर्व महान्यायाधिवक्ता बद्री बहादुर कार्कीको आतिथ्यमा सम्पन्न जनाईएको छ ।सो कार्यक्रममा बिशिस्ट अतिथिहरु मनहरा कागेश्वरी नगरपालिकाका मेयर उपेन्द्रकुमार कार्की पूर्व साम्सद सुरेश कार्की पूर्व अमेरिकी राजदूत अर्जुन कार्की नेपाल सरकारका पूर्व सचिव तथा लुम्बिनी प्रदेश संयोजक भक्त बहादुर कार्की , पूर्व सचिव मोहन बहादुर कार्की , क्षेत्री समाजका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश संयोजक श्याम कार्की , इतिहासकार प्रा. डा. गोबिन्द मान सिंह कार्की , अनुसन्धानकार डा. कृष्ण बहादुर कार्की , मध्यपुर अस्पतालका अध्यक्ष बिष्णुराज कार्की, वरिष्ठ उपाध्यक्ष मुरारी बहादुर कार्कीको सहभागिता रहेको थियो कार्यक्रममा सो सस्थाका उपाध्यक्ष दिपक कार्की , युवा समिति अध्यक्ष सागर कार्की , पूर्व महिला समिति अध्यक्ष निर्मला कार्की , महिला समिति सल्लाहकार बिना कार्की, मुगु जिल्ला अध्यक्ष चन्द्र बहादुर कार्की , सल्लाहकार योरज कार्की समेतको सहभागिता रहेको थियो ।

वरिष्ठ उपाध्यक्ष मुरारी बहादुर कार्कीको स्वागत मन्तव्य र महासचिव शेर बहादुर कार्कीको संचालनमा भएको सो कार्यक्रममा पूर्व अध्यक्ष , बिश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियका पूर्व अध्यक्ष हेम बहादुर कार्की र पुर्व महासचिव तथा ईतिहासकार, साहित्यकार तथा लेखक युवराजसिंह कार्कीलाई सम्मान सेमत गरिएको थियो ।सो साधरण सभाले निवर्तमान अध्यक्ष कैलाश कार्कीको अध्यक्षतामा एक कार्यकालको सर्वसम्मत नेतृत्व चयन गरिएको जनाईएको छ ।सोही सस्थाद्धारा रामेछाप जिल्लाको खाडादेवी गाउपालिका वडा नं ४ सान्नेमा सामहिक कुलपुजाको आयोजना गरिएको छ । सो कुलपुजामा स्थानीय र विभिन्न स्थानहरुबाट आएका सयौंको सहभागिता रहेको घनश्याम कार्कीले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय