धनुषा प्रहरीले नागरिकता किर्ते सम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहियालाई म्याद थपका लागि आज पुनः अदालत लैजाने तयारी गरेको छ ।
धनुषा जिल्ला अदालतले सिरोहियामाथि अनुसन्धान गर्न प्रहरीलाई तीन दिनको म्याद दिएको थियो । म्याद बिहिवार सकिए पनि विहिवार सार्वजनिक विदा परेकाले प्रहरीले आज अदालत लैजान लागेको हो ।
अनुसन्धान नसकिएकाले म्याद थपका लागि सिरोहियालाई अदालत लगिने धनुषा प्रहरीले जानकारी दिएको छ । अदालतको अनुमतिपछि प्रहरीले सिरोहियालाई काठमाडौंको थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालयबाटै पक्राउ गरेको थियो । जनकपुर लगि अदालतमा पेश गरिएको थियो ।