झापा- भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर झापाले यस आर्थिक वर्षको १० महिनाको अवधिमा ६३ करोड ६९ लाख एक हजार ७२२ रुपैयाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०८०-०८१ अन्तर्गत साउनदेखि बैशाख मसान्तसम्ममा मालपोत कार्यालय भद्रपुरले उक्त रावस्व संकलन गरेको कार्यालयले जनाएको छ ।कार्यालय प्रमुख शेरबहादुर भण्डारीका अनुसार सेवा करबापत ५ करोड ९२ लाख ३४ हजार ३८४, रजिस्ट्रेसन दस्तुरबापत ३९ करोड १७ लाख ८७ हजार १०५, छुटबापत ५ करोड १० लाख ५४ हजार १०४ राजस्व संकलन भएको छ ।

त्यस्तै, डोर सुविधा शुल्कबापत १ लाख ६५ हजार, पुँजीगत लाभकरबापत २३ करोड ६६ लाख ७३ हजार ८३० र बिलम्व शुल्कबापत ९५ हजार ५०६ रुपैयाँ संकलन भएको भण्डारीले जानकारी दिए । आर्थिक वर्ष २०७९-०८० मा मालपोत कार्यालय भद्रपुरले ४३ करोड २० लाख ९२ हजार ६१५ रुपैयाँ मात्र राजस्व संकलन गरेको थियो । यो वर्ष सस्तो भाउमा जग्गाको धेरै कारोबार भएकाले राजस्व बढेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय