अर्घाखाँची -अर्घाखाँचीको सन्धिखर्कमा रहेको डम्पिंग साइड नजिकै मानिसहरु चिच्चाइ रहेका थिए । गुहार, गुहार, पहिरोले घर लग्यो भाईलाइ पुरेयो भन्दै चिच्चाएको आवाज आयो ।मानिसहरु चिच्चाइ रहेको समयमा सुरक्षाकर्मीहरुको टोली आइपुग्यो । पहिरोले घर भत्किएरको थियो । पहिरोको नजिकै जान स्थानीयलाई सेना प्रहरीले रोकिरहेको थियो । सुरक्षाकर्मीले पहिरो पन्छाएपछि २ जना मानिसहरु पहिरो भित्र पुरेको अब्स्थामा भेटिए । एक जना मृत अबस्थामा र एक जना गम्भीर घाइते अबस्थामा रहेको देखिन्थे ।

घाइतेलाई पहिलो प्राथमिकतामा राखेर उद्धार गर्न सुरक्षाकर्मीहरु लागे । पहिरोले सबैतर्फ बाटो बन्द थियो । डोरी टागेर डोरीको माध्यमबाट सुरक्षाकर्मी घटनास्थलमा आएर डोरीको माध्यमबाट घाइतेलाई मोटरबाटोमा पुराए । एकै छिनमा एम्बुलेन्स आयो अनि घाइतेलाई उपचारका लागि अस्पताल लगियो । त्यँही डोरीको माध्यमबाटनै मृतकको शवलाई बाटोमा पुराइएको थियो ।यो दृश्य बास्तविक नभएर जिल्ला विपद समिति अर्घाखाँची अन्तर्गत जिल्लाका सुरक्षाकर्मीले गरेको कृतिम अभ्यास थियो । विपदमा परेको समयमा कसरी विपदमा फसेका ब्यक्तिको उद्धार गर्न सकिन्छ भनेर सुरक्षाकर्मीहरुले कृतिम अभ्यास गरेको हो ।

पहिरोमा फसेकाहरुको कसरी उद्धार गर्न सकिन्छ भनेर अभ्यास तथा कृतिम अभ्यास गरेको नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रतितसिंह राठोरले बताएका छन् । कृतिम घटनाको अभ्यास कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रतित सिंह राठोर, नेपाली सेनाको इश्वरी बक्स गुल्मका गुल्मपती महेश्वर थापा, शसस्त्र प्रहरी अर्घाखाँचीका प्रमुख भिमसेन बोहोरा, जिल्ला अनुसन्धान प्रमुख इश्वरी आचार्य, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत दुर्गा न्यौपाने, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय