सिरहा – सिरहा–धनुषा जोड्ने कमला पुल पुनः निर्माण गर्न सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । कमला पूल निर्माण संघर्ष समिति सिरहाका संयोजक रबिन्द्र साहको अगुवाइमा शुक्रबार जिल्ला प्रशासन कार्यालय सिरहा मार्फत प्रधानमन्त्रीलाइ ज्ञापन पत्र बुझाएका छन् ।ज्ञापन पत्रमा प्रधानमन्त्री प्रचण्डलाई सम्बोधन गर्दै लेखेका छन, नेपालको पूर्व पश्चिम हुँदै तराईका बस्तीहरुमा यातायातको सहज पहुँच विस्तार गर्ने लक्ष्य. लिई हुलाकी राजमार्ग आ.ब. २०६५।०६६ मा शुरु भई आ.ब. २०७७÷०७८ सम्म सम्पन्न गर्ने लक्ष्य रहेको थियो ।

देश कै राष्ट्रिय गौरवका आयोजनाहरु मध्ये यो हुलाकी राजमार्ग तराई मधेशको आम जनताको जीवनयापन र समृद्धि सँग जोडिएका छन् । यस राजमार्ग अन्तर्गत सिरहा र धनुषा जिल्ला जोडने कमला नदिमा निर्माण भएको कमला पुल निर्माण पश्चात उद्घाटनको नजिकमा आई भासिएर आवतजावत बन्द भएको करिब ३ वर्ष भईसक्यो । यस क्षेत्रका आम जनता किसान, व्यापारी, शिक्षक, विद्यार्थीहरुको आफ्नो दैनिक तथा खेती किसानी देखि व्यापार व्यवसाय सबै अवरुद्ध भइसकेका छन् । शिक्षक, विद्यार्थीहरुलाई विद्यालय जान गाह्रो भइसकेका छन् । वर्षां मौसममा आवतजावत पनि ठप्प हुने गरेको सर्बविदितै छन् ।

करिब १ वर्ष देखि कामला पुल पुर्न निर्माण गर्न लागेका सम्वन्धित निर्माण कम्पनीले विभिन्न बहाना बनाई काममा ढिला सुस्ति गरेको छ । सरकारका विभिन्न माननीय मन्त्री ज्यूहरु निरिक्षणको क्रममा आई प्रतिबद्धता र भरोसा दिई सेल्फी फोटो खिच्ने काम मात्र भएका छन् । सिरहा र धनुषा क्षेत्रका माननीय तथा प्रदेश सभाका सदस्य ज्यूहरुको कमला पूल प्रति जिम्मेवार देखिदैन । आम जनताको दुःख र पिडा असहनीय भएका छन् । नेपाल सरकारका भौतिक पूर्वाधार मन्त्री, गृहमन्त्री तथा सम्मानीय प्रधानमन्त्री ज्यू समेत कलमा पुलको अवस्था वारे अवगत नै हुनु हुन्छ । पुल निर्माण क्रममा प्राविधिक त्रुटि भएको तथा पानीको बहावको क्षमता अनुसार पूलको स्पान निर्माण हुन नसकेको कुरा सम्वन्धित विशेषज्ञहरुको. भनाई रहेका छन् ।

यस प्रकार भत्केका पुल पूनःनिर्माण कार्य मात्र गर्दा पछि फेरि भत्किने र भास्सिने डर उस्तै देखिन्छ । कमला पूलको निर्माण कार्य सम्वन्धिको योजना अगामी वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रममा आउन नसक्दा हामी यस क्षेत्रका आम जनता प्रति अन्याय भएका छन । यस प्रकार सरकारको विभेद पूर्ण नीति प्रति हामी खेद प्रकट गर्दछौं । तसर्थ राष्ट्रिय गौरबका आयोजनाको, हुलाकी सडक निर्माण समय नै सम्पन्न गर्ने सरकारको लक्ष्य अनुसार कमला पुल निर्माण कार्य प्रमुख प्राथमिकता पर्नु पर्दछ । अगामी वर्षको बजेटमा कमला पूल नयाँ निर्माण कार्यको लागि रकम विनियोजन गरी २ वर्ष भित्र अनिवार्य पूल निर्माण कार्य सम्पन्न गर्न गराउन हुन् सम्मानीय प्रधानमन्त्री ज्यू समक्ष यो ज्ञान–पत्र पेश गर्दछौं ।

पुनश्चः हाम्रो अनुरोधलाई अगामी वर्षको बजेटमा कार्यान्वयन नभए हामी आन्दोलन गर्न बाध्य हुनेछौं । यसरी आन्दोलन हाम्रो रहर होइन हाम्रो बाध्यता रहेका छन् । र आन्दोलन बाट हुने सम्पूर्ण क्षति प्रति नेपाल सरकार स्वंम जिम्मेवार हुनेछ ।पुल भत्किदा नागरिकले व्यहोरेको सास्तीको बिरोध स्वरुप भत्केको पुलमा कालो झणडा झुण्डाएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय