
काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै गएको पहिरोमा परि एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बर्दियाको गेडुवा गाउँपालिका–४ का अन्दाजी ३८ वर्षीय स्काभेटर चालक मंगल चौधरी छन् ।पहिरोमा परी गम्भीर घाइते भएका चालक चौधरीलाइ उपचारका भरतपुर लगिएको थियो । उपचारमा संलग्न चिकित्कसले चौधरीलाइ मृत घोषणा गरेका हुन ।आइतबार बिहान सवा ९ बजेको समयमा पहिरो खसेको हो । ईच्छामनकामना गाउँपालिका–५, मुग्लिङ नारायणगढ सडकखण्डको ३ नं. पुलका लागि पहाड काट्ने क्रममा माथिबाट ढुंगासहित पहिरो खसेको हो । पहिरोले स्काभेटर र मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १५११ नम्बरको ट्रकमा पनि सामान्य क्षति पुगेको छ ।सडक भने अहिले सञ्चालनमा आएको छ ।


