कपिलवस्तु । विद्युत लाईन मर्मत गरिरहेका बेला करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाल विद्युत प्राधिकरण तौलिहवा शाखाका ईलेक्ट्यिन ३१ वर्षीय दिनेश चन्द्र मिश्र  रहेका छन् । सोमवार राती यशोधरा गाउंपालिका वडा नं. ६ को रंगपुरमा हावाहुरीका कारण फ्युज भएको टन्सफार्मर बनाउदै गर्दा करेन्ट लागेर ईलेक्ट्रिसियन मिश्रको मृत्यु भएको प्राधिकरण तौलिहवा शाखाले जनाएको छ ।

मृतक मिश्रको शव पोष्टमार्टमका लागि कपिलवस्तु अस्पतालमा राखिएको प्रहरी नायब निरिक्षक हरि बहादुर वलीले बताए । यसअघि पनि नेपाल विद्युत प्राधिकरणका २ कर्मचारीहरुको पनि विद्युत मर्मतका बेला करेन्ट लागेर मृत्यु भई सकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय