पाल्पा- तानसेनमा संचालित दुध डेरीहरुमा अनुगमन गरिएको छ । तानसेनका डेरीहरुको दुधको गुणस्तरमा कमि भएको, तोकिएको मापदण्ड अनुसार नभएको, विभिन्न किसिमका पदार्थहरु मिसाएर बाक्लो बनाएको जस्ता गुनसाहरु उपभोक्ताले गरेको सरोकार निकायले अनुगमन गरेको हो । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उधोग, खाध्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालय, पत्रकार महासंघ पाल्पाको संयुक्त रुपमा तानसेनका १० वटा दुध डेरीमा अनुगमन गरेका हुन ।
जिल्लाको रामपुर ,अर्गली रिब्दीकोटको हिरापोखरा,कुसुमखोला, ख्याहा , देउराली , साथै छहरा , सोमादी , तेल्गा, मस्याम जस्ता गांउहरुमा कृषकहरुले व्यवसायिक पशुफर्म संचालन गर्दै आएका छन् । जिल्लाभित्रका दुई सय भन्दा बढि पशु फार्मबाट दैनिकरुपमा ५० हजार लिटर भन्दा बढि दुध उत्पादन हुने गरेको । अनुगमन टोलीले डेरीहरु बाट गाई र भैसीको दुध, घिउको नमुना संकलन गरी गुणस्तर परिक्षणको लागी खाध्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय भैरहवामा पठाएका छन । परिक्षणको रिपोट आएपछि रिपोटको आधारमा अन्य गतिविधी गर्ने अनुगमन टोलीले जनाएको छ ।