
काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ‘चान्स पायो कि नेपालीले गर्छ’ भन्ने बोलको गीत सार्वजनिक भएको छ । क्रिकेट प्रेमीहरुको ध्यान विश्वकपमा तानिरहँदा ओलीले खेल र खेलाडीको सम्मानमा यो गीत लेख्नुभएको हो ।
सशस्त्र प्रहरीका इन्स्पेक्टर पृथ्वी खनालको संगीत र आवाज रहेको यो गीतमा आरसी रिमालले साथ दिएकी छिन् भने साहस शाक्यले संगीत संयोजन रहेका छन् ।



टी– २० विश्वकपको लागि नेपाली टोलीलाई हौसला बढाउन ‘चान्स पायो कि नेपालीले गर्छ’ भन्ने बोलको गीतले महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरिएको छ ।