काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ७ मा प्रथम वनदेवी चन्द्रागिरि साँस्कृतिक व्यापार पर्यटन महोत्सव जारी छ । जेठ १४ गतेदेखि औपचारिक रुपमा सुरु भएको महोत्सवको आज चौथो दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको आगमन र अवलोकनकर्ताको उत्साहजनक सहभागीताले दिनप्रतिदिन महोत्सवमा रौनकता थपिदै गएको आयोजकको विश्वास रहेको छ ।

कला, धर्म र संस्कृतिको पहिचान, स्वच्छ हराभरा सुन्दर नगर चन्द्रागिरिको शान भन्ने नाराका साथ सुरु भएको प्रथम वनदेवी चन्द्रागिरि सांस्कृति व्यापार महोत्सव २०८१ को आजको मुख्य आकर्षणको रुपमा गायिका एन्जिला रेग्मी, सरु गौतम, गायक विनोद लामा र नेत्रजी पन्त रहेका छन् । साथै साथमा जिवीका डान्स ग्रुपको दमदार प्रस्तुति पनि रहेको महोत्सवका संयोजक राजकुमार केसीले जानकारी दिनुभएको छ । महोत्सवमा अवलोकनकर्ता दिनप्रतिदिन उत्साहित हुँदै आउने गरेको बताउँदै उहाँले चन्द्रागिरिलाई पर्यटनसँग जोड्न वनदेवी सामुदायिक भवन संरक्षण समितिको यो प्रयासले सार्थकता पाउनेमा आफु पूर्णरुपमा विश्वस्त रहेको बताउनु भयो ।

महोत्सवमा दैनिक जीवनमा प्रयोगमा आउने सामाग्रीहरु, खानाका परिकार, हस्तकला, चित्रकला, वास्तुकलाका सामग्री, कृषि औजारका सामग्री पाइने छ । महोत्सव अवलोकनकर्ताले नाचगानबाट मात्र नभई रोटी पिङ, रेललगायतका विभिन्न माध्यमबाट आनन्द लिन सक्नु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय