काठमाडौं । काठमाडौं महानगर पालिकाले पत्रको वेवास्ता गरेको भन्दै सडक डिभिजन कार्यालयले महानगरलाई छलफलका लागि बोलाएको छ ।

महानगरले न्यूरोड गेटदेखि जुद्ध सालिकसम्मको फुटपाथ सडक थप्नको लागि सडक घटाएको भन्दै विवाद बढेपछि डिभिजन कार्यालयले विना अनुमति सडक काटिएको भन्दै दुई दिनभित्र सडक यथास्थितिमा पुनःस्थापना गर्न भनि महानगरलाई पत्र काटेको थियो । उक्त पत्रको समय आज सकिदै भएपनि दुई दिन अघि जस्तो अवस्थामा थियो उस्तै अवस्थामा सडक छ । महानगरले पत्रको वेवास्ता गरेको र न्यूरोडको सडक विवाद समाधानका लागि काठमाडौं महानगरपालिकालार्ई सडक डिभिजन कार्यालय काठमाडौंले आज छलफलको लागि डाकेको महानगरका सूचना अधिकारी प्रमोद खतिवडाले जानकारी दिनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय