उदयपुर- उदयपुर सडकखण्डको मदन भण्डारी लोकमार्गमा मालबाहक टिफरले ठक्कर दिँदा मोटरसाईकल सवार २ जनाको मृत्यु भएको छ। त्रियुगा नगरपालिका १३ र चौदण्डीगढी नगरपालिका-९ को सीमास्थल फुलजोरस्थित घुम्ती सडकमा उक्त दुर्घटनामा भएको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मंगलबार बिहान ९ः४५ बजेको समयमा मिक्स गिट्टी बोकेर बेलटारबाट गाईघाटतर्फ आउँदै गरेको प्र १–०२–००१ ख ८५१४ नम्बरको टिफरले विपरित दिशातर्फ गईरहेको प्र १–०६–०५२ प ३९५८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा बेलका नगरपालिका १ का ३० वर्षिय रबिन श्रेष्ठ र त्रियुगा नगरपालिका ३ की ३१ वर्षीया हिरा राईको मृत्यु भएको हो।

उनीहरु दुर्घटना परी गम्भीर घाईते भएका र दुवैको उद्धार गरी जिल्ला अस्पताल गाईघाट ल्याइएकोमा ११ः३० बजेतिर अस्पतालका डक्टरले दुवैलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका निरीक्षक ९इन्सपेक्टर० विद्यासुन्दर साहले बताए। मृतक दुवैको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखेर आफन्तलाई बुकाइएको छ। टिफर र चालक त्रियुगा नगरपालिका ७ नाम्जेका ३१ वर्षीय भिमबहादुर राईलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय