आइसीसी टी–२० विश्वकप क्रिकेटमा युगान्डाले कठिन जित हात पारेको छ । पपुवा न्यूगिनीलाई पराजित गर्दै युगान्डाले जित हातपारेको हो । प्रोभिडेन्स स्टेडियममा भएको खेलमा युगान्डाले पपुवा न्यूगिनीलाई ३ विकेटले हराउँदै विजयी भएको हो । ७७ रनको सामान्य लक्ष्य पछ्याएको युगान्डाले १८.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।

युगान्डाका लागि रियाज्त अलि शाहले ५५ बलमा एक चौकासहित सर्वाधिक ३३ रन जोडेका थिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनी ७७ रन बनाएर ५ बल बाँकी हुँदै अलआउट भएको थियो । हिरि हिरिले बनाएको १५ रन नै पपुवा न्यूगिनीको सर्वाधिक रन थियो । लेगा सिआका र किप्लिन डोरीगाले १२-१२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । पपुवा न्यूगिनीलाई सस्तैमा समेट्ने क्रममा युगान्डाका अप्पेश रामजानी, कस्मास केइवुता, जुमा मियागी र फ्रेंक नसुबुगाले २-२ र ब्रायन मसाबाले एक विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय