काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आ.ब. का लागि चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने भएको छ । आगामी आ.ब. का लागि ६२ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

नीति तथा कार्यक्रम पारित भइसकेकोले असार १ गते आगामी आवको बजेट ल्याउने तयारी बागमती प्रदेश सरकारले गरेको छ । बजेटमा ठूला र बृहत् प्रकृतिका योजना तथा जनताको जीवनस्तरसँग जोड्ने कार्यक्रमलाई समेटिएर बजेट ल्याउन लागिएको छ । बजेटमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिइएको बुझिएको छ ।

२०८१-०८२ को लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार बजेट विनियोजन गरिएको छ । चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार रुपैयाँ रहेको छ भने पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख नौ हजार र वित्तीय व्यवस्थापनतर्फ ५० करोड रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय