काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।शुक्रबार विशेष समारोहका बीच प्रदेश प्रमुख सुमित्रा दुवेदी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएकी हुन । नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । नेकपा माओवादीबाट संसदीय दलका नेता भरतप्रसाद साह अर्थ र युवराज भट्टराई उद्योग,वाणिज्य तथा पर्यटनमन्त्री नियुक्त भए ।

एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, शिक्षा तथा संस्कृति मन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन सिंह र खेलकुद तथा समाज कल्याण मन्त्रीमा प्रमोद जयसवाल नियुक्त भएका छन । त्यस्तै नेकपा एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र बेची लुंगेली ऊर्जा तथा सिंचाइ मन्त्री भए ।

नेपाल समाजवादी पार्टीकी बिमला अंशारी तरुनम गृह सञ्चार तथा कानुन मन्त्री र नागरिक उनमुक्ति पार्टीकी उर्मिला देवी सिंह श्रम तथा यातायात मन्त्री बनेकी छन् ।मन्त्रिपरिषद्मा तीन जना राज्यमन्त्री भएका छन् । एमालेबाट स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री शारदा थापा, शिक्षा तथा संस्कृत राज्यमन्त्री केशव राय र जनमतकी रञ्जु खंगले विना विभागीय राज्यमन्त्रीको शपथ लिएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय