काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ६ स्थित मदन भण्डारी स्मृति खेल मैदानमा राष्ट्रिय अटोक्रस च्याम्पियनसीप आयोजना भएको छ । नेपाल मोटर स्पोर्ट्स एन्ड रोड सेफ्टि फेडेरेसन (एनएमआरएफ) को आयोजनामा शनिबार प्रतियोगिता भएको हो । प्रतियोगिता अघि ललितपुरबाट कारको र्याली निकालिएको थियो । र्याली काठमाडौंका विभिन्न भागका परिक्रमा गर्दै प्रतियोगितास्थल पुगेको थियो । चन्द्रागिरि नगरपालिका र नेपाल अटो मोविल्स अशोसिएशनको सहकार्यमा भएको प्रतियोगितामा करिव ३ दर्जन चालकहरुले सहभागिता जनाएका थिए ।
दुई वटा विधामा भएको प्रतियोगिताका विजेताले भियतनाममा हुने प्रतियोगितामा सहभागिता जनाउने आयोजक संस्था नेपाल अटो मोविल्स अशोसिएशनका उपाध्यक्ष अनिल बरालले जानकारी दिनुभयो । प्रतियोगितामा करिब ३ दर्जन चालकले सहभागिता जनाएका थिए । प्रतियोगितामा नगरप्रमुख घनश्याम गिरी, नगरप्रवक्ता कृष्णप्रसाद खड्गी, वडा नं. ६ का अध्यक्ष संजय सिग्देल, वडा नं. १५ वडा अध्यक्ष घनश्याम लुइँटेललगायतको उपस्थिति रहेको थियो ।