काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ७ मा जारी प्रथम वनदेवी चन्द्रागिरि साँस्कृतिक व्यापार पर्यटन महोत्सव २०८१ को समयावधि थप गरिएको छ । जेठ १४ गतेदेखि औपचारिक रुपमा सुरु भएको महोत्सवमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता र कलाकारहरुको प्रस्तुती अझै बाँकी रहेकाले दर्शकहरुकै माग अनुसार समय थप गरिएको संयोजक राजकुमार केसीले जानकारी दिनुभयो । जेष्ठ २७ गतेसम्मका लागि तोकिएको महोत्सव अव असार दुई गतेसम्म सञ्चालन हुनेछ ।


कला, धर्म र संस्कृतिको पहिचान, स्वच्छ हराभरा सुन्दर नगर चन्द्रागिरिको शान भन्ने नाराका साथ सुरु भएको प्रथम वनदेवी चन्द्रागिरि सांस्कृति व्यापार महोत्सव २०८१ मा अवलोकनकर्ता दिनप्रतिदिन उत्साहित हुँदै आउने गरेको आयोजक वनदेवी भवन संरक्षण समितिका अध्यक्ष कुमार शाहले बताउनु भयो ।

महोत्सवमा दैनिक जीवनमा प्रयोगमा आउने सामाग्रीहरु, खानाका परिकार, हस्तकला, चित्रकला, वास्तुकलाका सामग्री, कृषि औजारका सामग्री पाइने छ । महोत्सव अवलोकनकर्ताले नाचगानबाट मात्र नभई रोटे पिङ, कोलम्बस, रेललगायतका विभिन्न खेलबाट मनोरञ्जन लिन सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय