काठमाडौं । विद्यार्थीको रिहाइको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले विराटनगरमा प्रदेश योजना आयोगको गाडीमा आगजनी गरेका छन् । रङ्गेली नगरपालिकाका कार्यवाहक मेयर एवं रंगेली–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ६ जना विद्यार्थीहरूलाई पक्राउ गरेको थियो । निजी विद्यालयहरूले मनपरि शुल्क लिइरहेको तथा शिक्षक छनोटमा मनपरी गर्दै विद्यालयमा आफ्ना मान्छेलाई नियुक्ति दिलाएको भन्दै जेष्ठ १३ गते नगरपालिकाको कार्यालयमा ज्ञापन पत्र बुझाउन गएका विद्यार्थीहरूले उनीहरूलाई दुर्व्यवहार गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुको रिहाइको माग गर्दै विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पस अगाडिका विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले प्रदेश योजना आयोगका उपाध्यक्ष डा राजेन्द्र अधिकारी चढेको को १ झ ६४४ नम्बरको स्कारपीयो गाडीमा आगजनी गरेका हुन् । प्रहरीका अनुसार विद्यार्थीले अन्य ५ वटा सरकारी गाडीमा पनि तोडफोड गरेका छन् । घटनामा संलग्नलाई छाड्नु पर्ने दबाब दिँदै विद्यार्थीहरू आन्दोलित भएका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय