काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत प्रस्थान गरेका छन ।

भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दाहाल दिल्ली प्रस्थान गरेका हुन् ।प्रधानमन्त्री दाहालका साथमा स्वकीय सचिव गंगा दाहाल, कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी छन् । मोदीको शपथ ग्रहण समारोहको निम्तो मान्न गएका प्रधानमन्त्री प्रचण्डको बिदाईका लागि सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ, रघुवीर महासेठलगायतका मन्त्री, उच्च पदस्थ कर्मचारी विमानस्थल पुगेका थिए ।

प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका आइतबार भारतिय समय अनुसार सवा ७ बजे शपथ लिने कार्यक्रम छ । भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र उनीबीच आज साँझ नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ । प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कने छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय