काठमाडौं । कर्णाली नदीमाथिको झोलुंगे पुलमा अड्किएका सबै खच्चडको उद्धार कार्य सकिएको छ ।

पुलमा फसेका १३ मध्ये ११ वटाको सकुशल उद्धार भएको हो । २ वटा खच्चड भने उद्धारको क्रममा मरेका छन । दैलेख र अछाम जोड्ने यो पुलका तारजाली कमजोर भएर चुँडिएसँगै चामल बोकेर फर्किएका खच्चडहरू फसेका थिए । पुलमा फसेको केही घन्टापछि सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको टोली पुगेर उद्धार गरेको हो । फसेकामध्ये १० वटालाई खोलामा खसालिएको थियो । ती मध्ये ८ वटाको सकुशल उद्धार भएको हो । २ खच्चड भने नदीमा खस्दा ढुंगामा बजारिएपछि मृत्यु भएको छ । बाँकी रहेका तीनवटा खच्चडलाई भने पुलबाटै बाहिर निकालिएको हो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय