काठमाडौ स्थित नागढुंगा सिस्नेखोला सुरुङ जाने फ्लाईओभरको निर्माण धमाधम भइरहेको छ । अहिलेसम्म ५० प्रतिशत निर्माणको काम सकिएको नागढुंगा सिस्नेखोला आयोजनाले जनाएको छ । बलम्बुमा निर्माण जारी रहेको फ्लाईओभर भएर सवारी साधन सुरुङमार्ग पुग्नेछन् ।बलम्बुदेखि सुरुङमार्ग प्रवेश गर्ने मुख टुटिपाखासम्म २।३०७ किमी दुई लेन सडक कालोपत्र र ग्राभेलको काम भइरहेको छ । यो काम पनि अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय