सिन्धुली । नेकपा एमालेका जिल्ला कमिटि सदस्य तथा सिन्धुलीका वरिष्ठ पत्रकार शंकर सौगातले सम्बृद्ध सिन्धुली निर्माणकालागि सबै तहहरुमा एमालेकै नेतृत्व आवश्यक रहेको कुरा उद्घोष गर्नु भएको छ । सो कुरा सौगातले जेठ २८ गते नेकपा एमाले सुनकोशी गाउपालिका वडा नं ७ को दोश्रो वडा अधिवेशनलाई प्रमुख अतिथिको आसनबाट उद्घाटन गर्दै बताउनु भएको हो ।


सो अवसरमा उहा“ले अन्य राजनैतिक दलका नेताहरु कुरा मात्रै गर्ने बताउन्ु हुदै नेकपा एमालेले मिसन ८४ अभियान मार्फत सम्बृद्ध सिन्धुली निर्माणकालागि जिल्ला व्यापी रुपमा संगठन निर्माण परिचालनको कार्यलाई तिब्रता दिएर सबै तहमा एमाले नेतृत्व स्थापित गर्न लागेको बताउनुु भयो ।

७ नं वडा कमिटिका अध्यक्ष लोकबहादुर कार्कीको अध्यक्षतामा संचालन भएको सो अधिवेशनको उद्घाटन सभालाई सुनकोशी गाउपालिका कमिटिका उपसचिव हेमा अधिकारी र निर्वाचन आयोगका संयोजक एलवि कार्कीले पनि शुभकामना मन्तव्य राख्नु भएको थियो । सो अधिवेशनले लोकबहादु्र कार्कीको अध्यक्षतामा १३ सदस्यीय वडा कमिटिको निर्विरोध रुपमा चयन गरेको छ । अन्य पदाधिकारी तथा सदस्यहरुमा क्रमशःसन्दीप लामा उपाध्यक्ष, झम्कबहादुर दाहाल सचिव, उषा कार्की भण्डारी उपसचिव, मदन भुजेल उपसचिव र सदस्यहरुमा क्रमशः गिरिराज थापा, रुद्र भण्डारी, यमबहादुर घलान, धु्रव पुलामी र होम बहादुर ठाडा, युगा राई, सन्तली विक र विष्णुमाया स्यांवा रहनु भएको जनाईएको छ । सो अधिवेशनले अर्जुन बहादुर कार्कीको संयोजकत्वमा क्रमशःयज्ञ र आचार्य, भेषराज दाहाल, दलबहादुर दाहाल, कालु कार्की, मीनबहादुर कार्की, बद्रीबहादुर आले र भीमबहादुर कार्की रहनु भएको वडा सल्लाहकार समति समेत चयन गरेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय