
काठमाडौं । संसद बैठक आज ११ बस्दै छ । आजको बैठकमा वनियोजन विधेयकका विभिन्न शीर्षकमाथि छलफल हुनेछ । जसअन्तरगत आज युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेटमाथि छलफल हुनेछ ।
गत आइतरबार देखि नै संसद्मा विनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमाथि छलफल हुने भनिए पनि सरकारले सांसदहरूलाई बजेट पुस्तिका उपलब्ध गराउन नसक्दा बैठक दुई दिनका लागि स्थगित गरिएको थियो ।


