बजारमा कपाल उमार्ने र झर्न नदिने भन्दै बोतलकै ३ हजार देखी सात हजार सम्म विक्री वितरण भईरहेको श्री केश तेलको नाम सुन्नु भएकै होला यदी सुन्नु भएको छैन भने आईतबार बानेश्वरको पाचतारे होटल एभरेष्ठमा भएको पत्रकार सम्मेलनको भिडियो अहिले सामाजीक सञ्जालहरुमा भाईरल भएको छ ,हेर्नुहोला ।
सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रि बाट उत्पादित कपाल उमार्ने र झर्न नदिने भन्दै सेलीब्रेटी देखी पूर्वप्रधानमन्त्री, प्रधानमन्त्री र राष्ट्रपति सम्मलाई दुरुपयोग गरी बजारमा खुबै प्रचार गरीएको श्री केश तेलको बद्मासी मंगलबार कम्पनी आफैले गरेको पत्रकार सम्मेलनमा छताछुल्ल भएको छ । सामाजीक सञ्जालमा तेलको प्रयोग कर्ताले तेलले कुनै कपाल नउम्रेको बरु भएका कपाल पनी झरेको विषमा तेलको बारेमा गाली गलौज गरेका भिडियो भाईरल भएपछि यसबाट जोगीनको लागी निक्कै महंगो मुल्य तिरेर गरिको पत्रकार संम्मेलनाम उल्टै श्री केश तेलको भण्डाफोर भएको थियो । त्यपछि तनावमा देखिएका संचालक टिकाराम बुढाथोकीले पत्रकारले सोधेका प्रश्नको कुनै चित्त बुझदो जवाफ दिन सकेन्न् ।यति मात्रै काँहा होर बुढाथोकी र उनको साथमा अर्येुवेदीक डक्टर हुँ भनेर आएका अर्का व्यक्तीले समेत कपाल उमार्ने र झर्न नदिने भन्दै पूर्वप्रधानमन्त्री, प्रधानमन्त्री र राष्ट्रपति सम्मलाई प्रयोग गरेर गरीएको फण्डाको पुष्टि समेत गर्न सकेनन् ।
पछिल्लो समयमा मिडिया र सामाजिक सञ्जालमा सप्तऋषि ओयल एण्ड कस्मेटिकबाट उत्पादित श्री केश हेयर ओयलको असली धन्दा उदाँगो भएको थियो । श्री केश तेलका बारेका उठेका प्रश्नको जवाफ दिनुको साटो उल्टै कम्पनीले २ सय जनालाई रोजगारी प्रदान गरिरहेको भन्दै कुरा मोड्छन् तर विषय केन्द्रीत जवाफ दिँदैन्न । नत यो श्री केश तेलले कपालनै उमार्छ नत र्झननै रोक्छ यो त केवल उपभोक्ता ठग्नको लागी भ्रम फैलाएर लुट धन्दा चलाईएको हो ।