दाङबाट काठमाडौँ आउँदै गरेको बस मध्यराति रुपन्देहीमा दुर्घटना हुदा ४३ जना घाइते भएका छन्। दाङबाट काठमाडौँ तर्फ आउँदै गरेको रा १ ख २७८३ नम्बरको बस गएराति करिब १२ बजे पूर्वपश्चिम राजमार्गमा पर्ने सैनामैना नगरपालिका १० सालझन्डीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

‘सालझण्डी बजार नजिकैको पुलमा बिग्रेर रोकिएको लु १ ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किँदा बस दुर्घटनामा परेको हो,’ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी मनोहर प्रसाद भट्टले भने, ‘दुर्घटनामा बसका चालक र यात्रुसहित ४३ जना घाइते भएका छन्। जसमध्ये एक जनाको अवस्था गम्भीर छ।’

घाइतेहरुको चौराहा हस्पिटल बुटवल, एडमनसिटि हस्पिटल बुटवल र हिराचन्द्र हस्पिटल सालझण्डीमा उपचार भइरहेको उनले बताए। डीएसपी भट्टका अनुसार दुर्घटनामा नामथर र वतन नखुलेका बसका सहचालक गम्भीर घाइते भएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय