काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आफ्नो स्वामित्वमा रहेका सार्वजनिक जग्गा, सरकारी जग्गा, ऐलानी र प्रतिजग्गाको तथ्यांक निकाल्न सकेको छैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत माघ २६ गते पत्र पठाउँदै एक साता भित्र अभिलेख पठाउन भने पनि चन्द्रागिर नगरपालिकाले करिव ४ महिना वितिसक्दा पनि सार्वजनिक जग्गाहरुको तथ्यांक संकलन गर्न नसकेको हो ।
मन्त्रालयको पत्र पछि नगरपालिकाले १ देखि १५ वटै वडालाई आफ्नो स्वामित्वमा रहेको सार्वजनिक जग्गा, सरकारी जग्गा, ऐलानी र प्रतिजग्गाको तथ्यांक सात दिनभित्र उपलब्ध गराउन पत्र काटेको थियो । तर कुनै पनि वडा कार्यालयले हालसम्म विवरण उपलब्ध नगराएको नगरपालिकाका शाखा अधिकृत दामोदर रिजालले बताउनु भयो ।

कुनै पनि वडाबाट विवरण प्राप्त नभएपछि नगरपालिकाले मन्त्रालयको पत्रको जवाफ समेत दिन सकेको छैन । मन्त्रालयको पत्रमा सार्वजनिक जग्गामा बनेका भवन, खेलमैदान, कभर्डहल, पार्क, खुला क्षेत्र कुन अवस्थामा छ त्यसको सम्पूर्ण विवरण पेश गर्न भनिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय