काठमाडौं । संखुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ ।

अन्य दुईजना घाइते भएका छन् । मंगलबार राति कामदारहरु निदाएको बेला क्याम्पमा पहिरो खसेको थियो । अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका गङ्गाराम थारुको मृत्यु भएको हो ।पहिरोमा परि मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका छन । घाइतेहरुकोे उपचार हाइड्रोपावरकै क्लिनिकमा गरिएको छ ।जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेको क्याम्पका १४ वटा कोठामध्ये ३ वटा पहिरोमा पुरिएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय