कुवेतको मंगफ शहरस्थित एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा ४९ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका अनुसार ज्यान गुमाउनेमा धेरैजसो भारतीय र अन्य विदेशी कामदार छन्। उद्धारकर्मीका अनुसार ४९ मृतकमध्ये ३० जनाको पहिचान भइसकेको छ, जसमध्ये अधिकांश भारतीय नागरिक छन्। ज्यान गुमाउनेमा पाकिस्तानी, बंगलादेशी, फिलिपिन्सका पनि छन्। आगलागीको घटनामाा ३ जना नेपाली घाईते भएको दुतावासले जानकारी दिएकोे छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त भवनमा १९६ जना कामदार बसेका थिए। कुवेतका आन्तरिक मन्त्रालयका प्रवक्ता मेजर जनरल इद अल ओवेइहानले सरकारी टीभीलाई स्थानीय समयअनुसार बुधबार बिहान ६ बजे आगलागी भएको जानकारी दिए। सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा भवनको तल्लो भागमा आगो लागेको र माथिल्लो तलाबाट बाक्लो कालो धुवाँ निस्किरहेको देखाइएको छ।

कुवेतका उपप्रधानमन्त्री शेख फहाद युसुफ अल(सबाहले सम्पत्ति मालिकहरूलाई लोभको आरोप लगाए र भवनको मापदण्डको उल्लंघनले दुःखद घटना भएको बताए। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पीडित र उनीहरूका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय