रक्षामन्त्री हरि प्रसाद उप्रेतीले पद बहाली भएको १०० दिन पूरा भएको उपलक्ष्यमा मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफुले सम्पादन गरेको कामको जानकारी दिएका छन ।पत्रकार सम्मेलन मार्फत उनले योजना तथा अन्तरास्ट्रिय सम्बन्ध समन्वय कार्य , सुशासन सम्बन्धि कार्य , नितिगत कार्य , व्यवस्थापन लजिसटिक सम्बन्धि कार्य, मानविय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धि कार्यमा खेलेको भुमिकाको जानकारी गराएका छन । पत्रकार सम्मेलनमा पत्रकारहरुले सेनाले संचालन गरिरहेका कार्यको प्रगति , वैदेशिक अनुदान , सेनाको अन्तर्राष्ट्रिय सम्बन्ध सहित बिपद व्यवस्थापन लगायतका बिषयमा चासो राखेका थिए ।
पत्रकारको प्रश्नको जवाफ मन्त्रालय तथा सेनाका सम्बन्धित महाशाखा र बिभागका प्रमुखहरुले जवाफ दिएका छन । मन्त्री उप्रेतीले आमचासोको रुपमा हेरिएकोको फास्ट ट्रयाक निर्माण आफ्नो मन्त्रीको कार्यकालमा सम्पन्न नभएपनी संसदको कार्यकाल भित्र भने पूरा हुने स्पष्ट पारे । आगामी २०८३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यो सडकको निर्माण मन्त्रीको कार्यकालमा सफल नहुने मन्त्रीको भनाइले सरकार जतिबेला पनि फेरबदल हुनसक्ने स्पष्ट संकेत भने बुझन सकिन्छ ।