काठमाडौं । निरन्तर वर्षाका कारणले पूर्वी पहाडि जिल्लामा बाढीले बितण्डा मच्चायको छ भने पहिरोले सयौँ परिवारलाई पिडा दिएको छ ।

गत बुधबार यताको निरन्तर वर्षाका कारण ताप्लेजुङका विभिन्न ठाउँमा गएको पहिरोले दर्जनौं परिवार विस्थापित भएका छन् ।शनिबार राति मिक्वाखोला गाउँपालिका–५ ताङखु गाउँमा सात किसानको २३ रोपनी अलैँची बगान पहिरोले बगाएको छ भने पहिरो जाँदा मिक्वाखोला–५ पापुङमा तीन परिवार विस्थापित भएका छन् । यस्तै, सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेमा शनिबार गएको पहिरोले छ परिवार विस्थापित भएका छन् । पहिरोले सिरिजङ्घा–७ मा घर, पशुचौपाया गरी रु २८ लाख रुपैयाँ बराबर क्षति भएको छ । सिरिजङ्घा–८ याम्फुदिनको साम्मेधुङ टोलमा ४ परिवार विस्थापित भएका छन । पहिरोले खानेपानीमा क्षति पु¥याउँदा मामाङ्खेका करिब तीन सय परिवार खानेपानीबाट वञ्चित भएका छन । बुधबारयता ताप्लेजुङमा पहिरोमा परी पाँचजनाको मृत्यु भइसकेको छ । त्यस्तै, ५५ पशु चौपाया मरेका छन् ।ताप्लेजुङमा ६१ वडा मध्ये ४१ वडा पहिरोको उच्च जोखिममा रहेको जिल्ला विपत् व्यवस्थापन समितिले जानकारी दिएको छ ।

यस्तै, पहिरोको जोखिम बढेपछि पाँचथरको याङवरक गाउँपालिका ३ का ६० घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । साविक ओयाम गाविसका चोथ्रोक, फाक्लुङमा बसोबास गर्दै आएका परिवारलाई सुरक्षित ठाउँमा सारिएको हो ।वडा कार्यालय, गाउँपालिका र प्रहरीको सहकार्यमा चोथ्रोकका नागरिकलाई नजिकै रहेको सेमिच्याङ भवन र फाक्लुङका स्थानीयलाई सिरान गाउँका स्थानीयको घरमा सारिएको हो ।शनिबार रातिदेखिको अविरल वर्षाका कारण ओयामको सामाखु, चोथ्रोक, फाक्लुङ र वडा नम्बर २ को सेरेजा लगायतका स्थान जोखिममा परेका छन् । ठाउँ ठाउँमा गएको पहिरोले दर्जनौं स्थानमा बाटोघाटो र खानेपानी पाइपलाइनमा क्षति पुगेको छ ।

मध्यपहाडी राजमार्गअन्तर्गत ओयाम फलैंचा खण्डमा पर्ने रिजाल भीरमा आइतबार बिहान पहिरो जाँदा सवारी आवागमन ठप्प भएको छ । रिजाल भीरमा ठूलो पहिरो गएकाले तत्काल पन्छाउने सम्भावना नरहेको प्रहरीले जनायो ।पहिरो पन्छाउन पठाइएका उपकरणहरु पनि वर्षाका कारण बाटोमै रोकिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय