बारा जिल्लामा बर्षैपिछे बलत्कारका घटना बढ्दै गइरहेको छ । बाराको उत्तरी क्षेत्रमा भन्दा दक्षीण क्षेत्रमा बलत्कारका घटना धेरै हुने गरेको पाईएको छ । जिल्लमा पछिल्लो तिन बर्षमा १ सय १७ वटा बलत्कारका मुद्दा दर्ता भएका थिए भने यो आर्थिक वर्षमा ११ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाराको तथ्याङ्कले देखाउँदछ ।
आर्थिक वर्ष २०७५/७६ मा ३३ वटा जबर्जस्ती करणी मुद्दा दर्ता भएको छ जसमा २९ जना प्रक्राउ परेका छन भने १८ जना अझै फरार रहेका छन । त्यसैगरी आर्थिक वर्ष २०७६/७७ मा क्रम बढेर ४४ वटा जबर्जस्ती करणी मुद्दा दर्ता भएका छन जसमा ३७ जना प्रक्राउ परेका छन भने ११ जना अझै फरार छन यस्तै आर्थिक वर्ष २०७७/७८ मा ४० वटा जबर्जस्ती करणी मुद्दा दर्ता भएका छन जसमा २४ प्रक्राउ परेका छन भने २४ जना फरार रहेका छन ।
चालु आर्थिक वर्ष २०७८/७९को असोज सम्ममा बारामा ११ वटा जबर्जस्ती करणी मुद्दा दर्ता भएका छन जसमा ७ जना प्रक्राउ परेका छन भने ४ जना फरार रहेको जिल्ला प्रहरी कार्यालय बाराको तथ्याङ्कले देखाउँने जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताए ।
यो तथ्याङ्क बारा प्रहरी कार्यालयमा मुद्दा दर्ता भएका घटनाका आधारमा रहेको भएता पनि बाराको ग्रामिण क्षेत्रहरुमा बलत्कारका घटना घटेपनि त्यो घटना प्रहरी कार्यालय सम्म पुगेको पाईदैन । ग्रामिण क्षेत्रहरुमा गाउँस्तरमै केही जनप्रतिनिधि, कथित भद्रभलाद्मीहरुको र पञ्चायतीबाटै बसेर केहीँ आर्थिक जरिवाना गरेर बलात्कारीलाई बचाउने गरेका छन ।
यता बारा प्रहरीले समेत ग्रामिण क्षेत्रहरुमा गाउँस्तरमै केही जनप्रतिनिधि, कथित भद्रभलाद्मीहरुको र पञ्चायतीबाटै बसेर मिलाउन खोजेको खबरका अधारमा समेत हत्क्षेप गरि मुद्दा दर्ता गर्ने गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताए ।
ग्रामिण क्षेत्रहरुमा गाउँस्तरमै केही जनप्रतिनिधि, कथित भद्रभलाद्मीहरुको र पञ्चायतीबाटै बसेर बलात्कारीलाई बचाउनेलाई समेत कारवार्ही गर्नुपर्ने महिला अधिकारकर्मी गिता कडेलले बताईन ।
बलत्कारका घटनाहरु दिनानुदिन बढ्दै जाँदा समाजमा महिला र पुरुषबिच दन्द सुरुभएकाले समाजमानै विकृतिको रूपमा उजागर हुन थालेको महसुस भएको महिला अधिकारकर्मी अनिता लम्सालले बताईन ।
बलत्कारका घटनाहरु दिनानुदिन बढ्दै जाँदा समाजको विकृतिको रूपमा उजागर हुन थालेको महसुस भएको छ भने सभ्य समाज, अनुशासित नागरिक र व्यवस्थित सभ्यता यि समाज विकासका आधार हुन् । तर पछिल्लो समय समाजमा विकृति बढ्दै जाँदा सभ्य समाज र मर्या्दिदत पुरुष माथि नै प्रश्न चिन्ह उठ्न थालेको छ ।