
काठमाडौं । नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति भएको छ ।
सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफलमा चालकहरू पेट्रोलियम पदार्थको ढुवानी गर्न सहमत भएका हुन् ।सहमति संगै बजारको पेट्रोलियम पदार्थको अभाव हट्नेछ । ७ वटा मागमा केही माग निगमले पूरा गर्ने र केही माग पूरा गर्न एउटा उपसमिति बनाउने सहमति भएको हो ।सो समितिले अध्ययन गरेर १५ दिन भित्र प्रतिवेदन दिएपछि त्यही अनुसार अगाडि जाने सहमति भएको हो ।



आयल निगममा लामो समयदेखि ट्यांकर चालक मजदुरहरू आवश्यक सेवा सुविधाविना नै काम गर्न बाध्य रहेको र यो समस्या समाधानका लागि लामो समयदेखि अनुरोध गर्दा पनि सुनुवाइ नभएको भन्दै ७ बुँदे माग राखेर हड्तालमा उत्रिएका थिए ।मजदुरहरु हडतालमा उत्रियपछि बजारमा पेट्रोलियम पदार्थको अभाव भएको थियो ।