
काठमाडौं । भ्रष्टाचारविरुद्धको अभियन्ताका नाममा ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।
प्रहरी वृत्त बौद्धको टोलीले उनीहरुलाई पक्राउ गरेका हो । पक्राउ पर्नेहरुमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ का राजु सुनार, गोकर्णेश्वर–८ का आदर्श क्षेत्री, गोकर्णेश्वर–१ कि अस्मिता खत्री र गोकर्णेश्वर–२ का प्रेमप्रसाद श्रेष्ठ छन् ।भ्रष्टाचार विरोधी अभियन्ता भन्दै ‘बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियान २०८०’ नामको संस्थाका नाममा ठगी गरेको पाइएकाले उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरुले सरकारी कार्यालय, स्थानीय निकाय, विद्यालय, संघसंस्था, कम्पनीहरुमा गएर भ्रष्टाचारको छानबिन गर्न आएको भनेर धम्क्याई रकम असुल्ने गरेको प्रहरीको आरोप छ ।


