काठमाडौं । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ ।

दशौ अन्तर्राष्ट्रिय योग दिवस नेपालमा शुक्रबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ किसिपिडीले ‘गरौ योग रहुँ निरोग’ भन्ने नाराका साथ शुक्रबार अन्तर्राष्ट्रिय योग दिवस मनाएको छ ।

वडाको आयोजना र पतंजली योग समिति नेपालको सहकार्यमा ऋषि योग साधना केन्द चन्द्रागिरि –५ ले त्रिशक्ति पार्टी प्यालेस तिसान यातायात मार्ग गुर्जुधारामा शुक्रबार बिहान ५ बजेदेखि योग शिविर संचालन गरेको हो । शिविरमा योग गुरु पुरुषोत्तम पाठकले सहभागीहरुलाइ योगका बिभिन्न आसन सम्बन्धी जानकारी दिएका छन ।

योग गुरु पाठकले सहभागीहरुलाई निरोगि हुनका लागि योगको महत्वका बारेका प्रयोगात्मक योग आसन सहित बर्णन गरेका थिए । उनले सहभागीहरुलाई तपाई हामीलाई रोग दिनुहोस हामी तपाईलाइ योग मार्फत निरोगी बनाउछौ भने । योगको लागि एउटा बिषेस स्थान उपलब्ध गराउन उनले वडा कार्यालयसंग माग पनि गरेका छन ।

विश्व योग दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना दिएका छन । राष्ट्रपति पौडेलले योग विज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताका लागि नेपाल मुख्य गन्तव्य बन्नसक्ने बताएका छन् । पौडेलले अध्येताका साथै ऐतिहासिक तथा पुरातात्विक तथ्यहरूले नेपाल योग भूमिको देश भन्ने पुष्टि गरेको बताएका छन्। उनले योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनपद्धति भएको बताएका छन् ।‘योगले मन र शरीरलाई जोड्नुका साथै ज्ञान, कर्म, चेतना, सबलता एवं स्थिरतातर्फ डोहो-याउँछ। साथै योगले स्वस्थ्यकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन सहयोग पु-याउँछ’, उनको शुभकामना सन्देशमा भनिएको छ। उनले योग, ध्यान र साधनाका कारण तनावबाट मुक्त भई सकारात्मक उर्जा प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले योग र साधनालाई शिक्षा, जीवन र व्यवहारमा जोड्दै आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गर्न आवश्यक रहेको बताएका छन्। शुभकामना सन्देशमा उनले गर्दै योगाभ्यासलाई जीवनको अभिन्न क्रियाकलापका रूपमा अवलम्बन गरी स्वथ्य जीवनयापनको मार्गमा अघि बढ्न आग्रह गरे । ‘योगाभ्यासबाट रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने, व्यक्तिमा सकारात्मक सोचको विकास हुने, व्यक्तिमा अनुशासन र आन्तरिक ऊर्जा प्राप्ति हुने, आत्म ज्ञान प्राप्ति र आत्मप्रेरणा हासिल भई काममा प्रभावकारिता आउनेलगायतका सकारात्मक गुणको विकास हुन्छ’, सन्देशमा भनिएको छ।

प्रधानमन्त्रीले नेपाल शिव, जनक र बुद्ध सभ्यताको त्रिवेणीका रूपमा रहेको हिमवत् क्षेत्रमा बस्ने प्राचीन योगी, ऋषि, महर्षिले दीर्घ तपः साधनाको माध्यमबाट योगाभ्यासको विकास र गरेको धारणा व्यक्त गरेका छन्।संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले संयुक्त राष्ट्रसंघको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए ।सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्रसंघका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए ।

संघले घोषणा गरेका दिवसमध्ये ९० दिनमा एक सय ७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो ।

प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो ।आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप तथा अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय