काठमाडौं । मकवानपुर प्रहरीले ५८ कार्टुन चाइनिज भेपसहित पाँच जनालाई पक्राउ गरेको छ । काठमाडौंबाट हेटौंडा हुँदै भारत जान लागेको ना ६ ख ७१६३ नम्बरको यात्रुवाहक बसमा २ करोड ७१ लाख मूल्य बराबरको अवैध भेप तथा भेपको फ्लेवर फेला परेको हो ।मकवानपुरका एसपी सिताराम रिजालको कमाण्डमा खटिएको बागमती प्रदेश प्रहरी कार्यालय सहितको संयुक्त टोलीले बिहीबार साँझ हेटौंडा–११ थाना भ-याङबाट भेप फेला पारेको हो ।बस चालक दोलखा भिमेश्वर नगरपालिका–२ का ३७ वर्षीय सलाम मोक्तान, सहचालक उदयपुर कटारी नगरपालिका–११ का २७ वर्षीय प्रविन्द्र राना, नुवाकोट दुप्चेश्वर गाउँपालिका–७ घर भएका ३९ वर्षीय इन्द्रबहादुर दर्जी, सोही ठाउँका ३० वर्षीय सन्तोष भुषाल र धनकुटा बेलका नगरपालिका–१६ का २९ वर्षीय राजकुमार हिमाङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनिहरुले एक महिनालाई बस भाडामा लिएर नेपाल, भारत र अन्य देशका यात्रुहरूलाई भारत घुमाउने भन्दै नेपालस्थित भारतीय दूतावासबाट ५ असारमा मात्रै रोड पर्मिट लिएका थिए । भेप काठमाडौंको गोङ्गबु बसपार्कभन्दा माथि रमाइलो डाँडाबाट लोड गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।बसमा भारत जाने यात्रुसमेत रहेको र बस भारत–नेपाल ओहोरदोहोर गर्ने नभई भेप तस्करीकै लागि भाडामा लिएर प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय