काठमाडौं- चन्द्रागिरि नगरपालिकाले आफ्नो नगर क्षेत्र भित्र अपांङ्गता भएका व्यक्तिहरुलाई विभिन्न सामान उपलब्ध गराएको छ । राष्ट्रिय अपाङ्ग कोषको सहकार्यमा गरिएको कार्यक्रममा उपप्रमुख बसन्ती श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले अपाङ्गगता भएका व्यक्तिलाई सामान हस्तान्तरण गर्नुभएको हो ।

नगरले अपाङ्गगता भएका व्यक्तिको लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको र उक्त रकमबाट १० जनालाई उनीहरुकै आवश्यकताअनुसार साहायक सामग्री उपलब्ध गराएको थियो । नगरमा विभिन्न कारणबस अपाङ्गगता भएका व्यक्तिलाई उनीहरुको दैनिक क्रियाकलापमा सहजता ल्याउन राष्ट्रिय अपाङ्ग कोषसँग सहकार्य गरी नगरपालिकाले विभिन्न सामाग्री वर्षेनी उपलब्ध गराउँदै आएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०८०-०८१ को अन्तिममा अपाङ्गता भएका व्यक्तिलाई सेतो छडी, ह्वीलचियर, ट्वाइलेट चियर, वाकर र कृतिम खुट्टा लगाएतका १२ थान सामाग्री प्रदान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय