काठमाडौं । वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा सुरु भएको छ । पाहाँ चःह्रे जात्राको समापनसँगै सेतो मत्स्येन्द्रनाथको रथयात्रा आरम्भ हुने गर्दछ ।

सेतो मत्स्येन्द्रनाथलाई विधिपूर्वक पूजाआजा गरी खटमा राखेर बाजागाजाका साथ तीनधारा पाठशालामा पुर्याइन्छ । तीनधारामा पुर्याइएको सेतो मत्स्येन्द्रनाथलाई पुनः घण्टाघर रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पुर्याइन्छ । रथयात्राको दोस्रो दिन असनबाट हनुमानढोकास्थित कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म पुर्याइन्छ । चौथो दिन लगन, पाँचौँ दिन मूर्तिलाई सानो रथमा राखी लगनटोलबाट मछिन्द्रबहालसम्म लगिन्छ । यो रथ ३२ हात अग्लो हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय