काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापनाको दोस्रो वर्षगाँठका अवसरमा शुक्रबार केन्द्रीय कार्यालय चस्मतिमा चियापान गरेको छ। चियापान समारोहमा प्रधानमन्‍त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत सहभागी भएका छन् ।

समारोहमा सभामुख देवराज घिमिरे, नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ पनि सहभागी भएकाछन्।आमन्त्रित व्यक्तित्वहरूले पार्टी कार्यालयमा राखिएको घण्टी समेत बजाएका थिए । रास्वपाको चुनाव चिह्न घण्टी हो । चियापानका अवसरमा रास्वपाले उद्यमशीलता प्रवर्द्धन गर्ने ध्येयले प्रदर्शनी स्टल पनि राखेको छ। प्रधानमन्त्रीसहित मन्त्रीहरूले ती प्रदर्शनी स्थलको अवलोकन गरेका थिए। रास्वपा २०७९ असार ७ गते गठन भएको थियो। निर्वाचन आयोगमा भने असार १७ गते दर्ता भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय