काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रूपैयाँको बजेट विनियोजन गरेको छ ।

महानगरको १५औं नगरसभा बैठकमा उपप्रमुख सुनिता डंगोलले उक्त बजेट विनियोजन गरेको बताइन्।आगामी आर्थिक वर्षमा महानगरले ११ वटा गौरवका योजना बनाएको छ । उक्त योजनाका लागि ३ अर्ब बजेट विनियोजन गरिएको छ ।काठमाडौं महानगरपालिकाले २ अर्ब बराबरको ढलरहित नदीलगायत ३० वटा स्वर्णिम योजना ल्याएको छ । पूर्वाधार विकासमा लागि १४ अर्बभन्दा बढी रकम छुट्याइएको छ । सामाजिक विकासका लागि ३ अर्बभन्दा बढी छुट्याइएको छ भने सुशासनका लागि १ अर्ब ८९ करोड भन्दा बढी छुट्याइएको छ ।सञ्चितकोषमा २४ अर्ब २० करोड आम्दानी हुने अनुमान गरिएको छ ।

स्थानीय स्रोत र साधनलाई समन्यायिक ढंगले परिचालन गरेर गरिबी निवारण गर्ने, समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने, समाजिक सदभाव र एकता अभिवृद्धिमा सघाउ पु-याउने र स्वरोजगार बनाइ विदेशीने दर घटाउनेलगायतका विषयलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको उपमेयर डंगोलले बताइन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय