अर्घाखाँची – सुपा देउराली मन्दिरमा आउने धार्मिक पर्यटकलाइ लक्षित गरिे नयाँ प्रविधिबाट सडक बिस्तारको कार्य भैरहेको छ । कडा चट्टान भएपछि यसको नयाँ प्रविधि प्रयोग गरेर ड्रिल गरेर बाटो बिस्तारको कार्य भैरहेको शिवपुर सडक डिभिजन कार्यालयका इन्जिनियर अर्जुन पाण्डेले बताए । यस स्थानमा सडकलाई झण्डै ९ मिटरको बनाउने गरि काम भएको छ । जिल्ला सदरमुकाम जोड्ने जिल्लाको पुरानो र महत्वपूर्ण गोरुसिङे सन्धिखर्क सडकको लाउरे बजार देखि सुपा मन्दिर सम्म करिब २ सय मिटर कडा चट्टान र भिरालोका कारण साघुरो भइ यातायात आवागमनमा निकै कठिनाइ व्योहोर्नु परेको अवस्था रहेको छ । सडक डिभिजन शिवपुर, कपिलवस्तु बाट यसै आव मा सम्पन्न गर्ने लक्ष्यका साथ रक एन्चोर्ज सहित वाल निर्माणको काम भैरहेको छ । अर्घाखाँचीमा यो कार्य नौलो र चुनौतीपूर्ण रहेको छ ।

पूर्व पश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिंगे सन्धिखर्क सडक विस्तार तथा मर्मत कार्य तीव्र गतिमा अघि बढेको छ। साघुँरो सडक, खाल्टा खुल्टीका कारण र पुरानो पिच भएका कारण जीर्ण बनेको गोरुसिंगे सन्धिखर्क सडकलाई फराकिलो बनाउने, नाली निर्माण गर्ने र कालोपत्रे गर्ने गरी काम अगाडि बढेको हो ।गोरुसिंगेबाट सदरमुकाम सन्धिखर्कसम्म सडकको दूरी ६८ किलोमिटर छ। गोरुसिंगेबाट पिरापानीसम्म झण्डै १५ किलोमिटर सडक विस्तार तथा मर्मतको कार्य सम्पन्न भएको छ। बाँकी रहेको सडकमा ५ वटा निर्माण कम्पनीले मर्मत तथा सडक विस्तार र निर्माणको कार्य गरेको शिवपुर सडक डिभिजन कार्यालयका इन्जिनियर अर्जुन पाण्डेले बताए ।यस आर्थिक वर्षको अन्त्यसम्ममा झण्डै १७ किलोमिटर सडकमा नयाँ पिच भएको छ। सडक निर्माण तथा विस्तारको काम समयमै सम्पन्न गर्नका लागि सडकलाई खण्ड, खण्ड गरी निर्माण व्यवसायीसँग ठेक्का सम्झौता भएको थियो । काम अन्तिम चरणमा पुगेको छ ।

७ मिटर सडक निर्माण गरी दुइतर्फी सवारी साधनहरू विना रोकतोक सञ्चालन हुने गरी सडक निर्माण कार्य भइरहेको छ। यस वर्ष झण्डै ३३ करोडको सडक निर्माण कार्यको काम भइरहेको छ। तर निर्माण व्यवसायीले घटिघटाउमा यो भन्दा कम लागतमा सडक निर्माणको सम्झौता गरी सडक निर्माण कार्य भइरहेको छ।गोरुसिङे– सन्धिखर्क सडक अन्तर्गत नरपानी फुद्बाङ खण्डको करिब ९ किमि सडक सहित जिल्लाका अन्य सडकहरु कालोपत्रे गर्नका लागि अर्घाखाँचीमा पहिलो पटक स्थाइ रूपमा े अस्फाल्ट प्लान्ट स्टल गर्ने कार्यको शुरुवात गरिएको निर्माण व्यवसायी बसन्त प्रसाद भुसालले बताएका छन् । यसले ठुलो परिमाणमा सडक कालोपत्रे गर्न सहज हुने भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय